नबिल बैंक र हेफर इन्टरनेशनल नेपालबीच सम्झौत
महिला उद्यमी तथा साना किसानहरुमा उद्यमशीलता प्रवर्द्धन, वित्तीय साक्षरता र वित्तीय पहुँच पुर्याउने उदेश्यले नबिल बैंक र हेफर इन्टरनेशनल नेपालबीच सम्झौता भएको छ। उक्त सम्झौतामा नबिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र हेफर इन्टरनेशनल नेपालका तर्फबाट राष्ट्रिय निर्देशक डा. शुभ नारायण महतोले हस्ताक्षर गरे।
उक्त कार्यक्रममा हेफर इन्टरनेशनल नेपालका वरिष्ठ उपाध्यक्ष डा.महेन्द्रनाथ लोहनी, नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र नबिल दिगो बैंकिंङका प्रबन्धक लिलाप्रसाद ओझाको समेत उपस्थिति थियो।
काठमाडौँ, २९ वैशाख । आर्थिक अवस्था कमजोर भएका मोरङका महिला पछिल्लो समय कृषि क्षेत्रबाट आत्मनिर्भर हुन थालेका छन् । हेफर इन्टरनेशनल नेपालले स्थानीय तहमा नै समूहसँगै सहकारी गठन गरिदिएपछि महिलाहरू आत्मनिर्भर हुन थालेका हुन् । हेफरले लामो समयदेखि कृषि क्षेत्रमा आत्मनिर्भर हुन ठुलो योगदान पु¥याउँदै आएका छ ।
ज्ञान सिप तथा आर्थिक अवस्थाले जीविकोपार्जनमा समस्या भइरहेको विशेष गरेर महिला दिदीबहिनीको जीवनस्तर उकास्नमा ठुलो योगदान पु¥याउँदै आएका हो । हेफरले किसानहरूलाई कृषि क्षेत्रमा तालिमदेखि बजारसम्मको व्यवस्था गरिदिँदै आएको छ । जसले गर्दा चुला चौकामा सीमित महिलाहरू अहिले आफ्नो खुटामा उभिन सक्षम भएका छन् ।
Read full News
नेपाल एसबिआई बैंक र हेफर इन्टरनेशनल नेपालबीच सम्झौता
नेपाल एसबिआई बैंक र हेफर इन्टरनेशनल नेपालबीच सम्झौता भएको छ । महिला उद्यमी तथा साना किसानलाई सुलभ वित्तीय कर्जा उपलब्ध गराउने विषयमा सो सम्झौता भएको छ । हेफर इन्टरनेशनल एसियाका वरिष्ठ कार्यक्रम निर्देशक श्रीनिना तथा नेपाल एसबिआई बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देअको उपस्थितिमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम र हेफर नेपालका राष्ट्रिय निर्देशक डा. शुभनारायण महतोले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
Read full News
एभरेष्ट बैंक र हेफर इन्टरनेशनल नेपालबीच सम्झौता
काठमाडौं, फागुन ११ एभरेष्ट बैंक र हेफर इन्टरनेशनल नेपालबीच सम्झौता भएको छ । बैंकले बाख्रापालन, डेरी व्यवसाय, तरकारी खेती र लोकल कुखुरा पालनमा संलग्न महिला उद्यमी लाई सहुलियत कर्जा प्रदान गर्नको लागि सम्झौता उक्त संस्थासँग सम्झौता गरेको हो । एभरेष्ट बैंकका नायब महाप्रबन्धक गिरिश कोहली र हेफर इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक डा. शुभनारायण महतोद्वारा उक्त सम्झौता हस्ताक्षर र आदानप्रदानको कार्यक्रम सम्पन्न भएको छ ।
२०५१ देखि वाणिज्य बैंकिङ क्षेत्रमा कार्यरत रहेको एभरेष्ट बैंकको हाल १० लाख ग्राहक रहेका छन् । यसैगरी बैंकको देशभर ९५ शाखा, एक सय २२ एटीएम र ३० रकम संकलन केन्द्र रहेका छन् ।
Read full News
प्रभु बैंक र हेफर इन्टरनेसनल नेपालबीच सम्झौता
काठमाडौं । प्रभु बैंक र हेफर इन्टरनेशनल नेपालबिच सम्झौता छ । बैंकले युवा तथा महिला उद्यमीलाई वित्तीय कर्जा दिने बिषयमा उक्त संस्थासंग सम्झौता गरेको हो । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र हेफर नेपालका राष्ट्रिय निर्देशक डा. शुभनारायण महतोले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार कृषि तथा पशुपालन सम्बन्धि क्षेत्रमा साना किसानलाई सहज ढंगबाट वित्तीय कर्जा दिइनेछ ।
Read full News