[vc_empty_space height="-5px"]
Alienum phaedrum torquatos nec eu, vis detraxit periculis ex, nihil expetendis in mei. Mei an pericula euripidis, hinc partem. [vc_empty_space height="10px"]
[vc_empty_space height="20px"]
urgent

Request for Proposal for Auto Rickshaw

call Heifer in Call
  • Post Date : 2022-01-03
  • Apply Before : 2022-01-09
  • Applications 0
  • View(s) 446
Email Job
  • Share:

Job Description

 प्रस्ताव आव्हान

हेफर प्रोजेक्ट नेपाल संस्था दर्ता ऐन, २०३४ बमोजिम वि.सं. २०५३ सालमा जिल्ला प्रशासन कार्यालय ललितपुरमा दर्ता भई स्थापना भएको एक गैर सरकारी संस्था हो । संस्थाको न्युन आय भएका समुदायको जीवनस्तर सुधार गर्न तथा पर्यावरण संरक्षणका लागि विभिन्न समुदाय तथा संघ संस्थाहरूसंगको साझेदारीमा रोजगारी र आयमूलक कृषिमा आधारित दिगो विकासका कार्यक्रमहरूद्वारा जनसमुदायलाई लाभान्वित गराई खाद्य आपूर्तिमा आत्मनिर्भरता हासिल गर्न सहयोग पुर्याउने लक्ष्य रहेको छ ।

हेफर प्रोजेक्ट नेपालद्वारा प्रवद्वित स्वाबलम्बी महिला समुह /महिला उद्वमी /कृषि सहकारीहरूको कृषिजन्य वस्तुहरू बजारीकरणका लागि कृषि दुवानी साधन (Auto Rickshaw) ५० प्रतिशत लागत व्यहोर्ने गरी हेफरले सहयोग गर्ने हुँदा ईच्छुक  आबेदनकर्ताहरुबाट निम्न बमोजिमको कागजात सहित प्रस्ताव आव्हान गरिन्छ ।

आवश्यक कागजातहरूः
१. स्वाबलम्बी महिला समुह /महिला उद्वमी /कृषि सहकारीहरूद्वारा ५० प्रतिशत लागत व्यहोर्ने तथा लिन चाहेको Auto Rickshaw को कम्पन्री / मोडेल सहित खुलाईएको संस्थागत निर्णय सहितको प्रस्ताव
२. दर्ता तथा नवीकरण कागजात
३. प्यान/भ्याट प्रमाणपत्र
४. Vendor Registration Form संलग्न ढाँचामा (DOWNLOAD FROM HERE)
५ . बैंक खाताको चेकको प्रतिलिपि

माथि उल्लेखित कागजातहरू Procurement-np@heifer.org ईमेल मार्फत प्रत्येक फाइल साइज ५०० KB भन्दा कम मिति २०७८ पुष २५ गते ५ बजेभित्र पठाउनु पर्नेछ ।

आवश्यक योग्यताहरूः
१. हेफरद्वारा प्रवद्वित स्वाबलम्बी महिला समुह /महिला उद्वमी /कृषि सहकारीहरू
२. कृषिजन्य वस्तुहरूको सामाजिक बजारीकरणको अनुभव
३. गाडीको लागत मूल्यको ५० प्रतिशत व्यहोर्न तयार भएको