[vc_empty_space height="-5px"]
Alienum phaedrum torquatos nec eu, vis detraxit periculis ex, nihil expetendis in mei. Mei an pericula euripidis, hinc partem.[vc_empty_space height="10px"]
[vc_empty_space height="20px"]

सफलताका कथाहरुका लिंकहरु

"सफलताका कथाहरुका लिंकहरु"

काठमाडौँ, २९ वैशाख । आर्थिक अवस्था कमजोर भएका मोरङका महिला पछिल्लो समय कृषि क्षेत्रबाट आत्मनिर्भर हुन थालेका छन् । हेफर इन्टरनेशनल नेपालले स्थानीय तहमा नै समूहसँगै सहकारी गठन गरिदिएपछि महिलाहरू आत्मनिर्भर हुन थालेका हुन् । हेफरले लामो समयदेखि कृषि क्षेत्रमा आत्मनिर्भर हुन ठुलो योगदान पु¥याउँदै आएका छ ।

ज्ञान सिप तथा आर्थिक अवस्थाले जीविकोपार्जनमा समस्या भइरहेको विशेष गरेर महिला दिदीबहिनीको जीवनस्तर उकास्नमा ठुलो योगदान पु¥याउँदै आएका हो । हेफरले किसानहरूलाई कृषि क्षेत्रमा तालिमदेखि बजारसम्मको व्यवस्था गरिदिँदै आएको छ । जसले गर्दा चुला चौकामा सीमित महिलाहरू अहिले आफ्नो खुटामा उभिन सक्षम भएका छन् ।

काठमाडौँ, २८ वैशाख । झापा अर्जुनधारा नगरपालिका १ का यज्ञ प्रसाद तिवारी १८ महिना अघिसम्म ग्रील व्यवसायमा काम गर्थे । उनले त्यहाँ काम गरेबापत महिनाको १२ हजार तलब थाप्थे । बढ्दो महँगी सँगै उनलाई ५ जनाको परिवार पाल्न धौ धौ हुन्थ्यो । जसोतसो गुजारा चराइरहेका थिए । श्रीमती गाउँकै हाम्रो स्वावलम्बी सामाजिक उद्यमी महिला सहकारी संस्थामा आबद्ध थिइन् । उक्त सहकारीले ऋण तथा बचतको काम मात्रै गर्थ्यो ।

तर पछि सहकारीले हरफेसँग समन्वय गरेसँगै किसानको लागि वरदान साबित भएको छ । हरफेसँग समन्वय गरेसँगै बाख्रा तथा गाई÷भैँसी पालनको तालिम दिने भयो । तिवारीलाई पहिलादेखि नै बाख्रा पालन गर्ने चाहना भए पनि आर्थिक अभावका कारण लगानी गर्न सकिरहेका थिएनन् ।

काठमाडौँ, २६  वैशाख । धादिङको थाक्रे गाउँपालिका ९ की सरिता अधिकारीले व्यवसायिक रूपमा तरकारी खेती गरिरहेकी छन् । २० वर्षदेखि तरकारी खेती गर्दै आएकी उनले व्यावसायिक रूपमा तरकारी खेती गर्न सुरु गरेपछि गतिलो आम्दानी गर्न सफल भएकी छन् । बारीमा उत्पादित तरकारी बेचेर उनले वार्षिक ६ लाख भन्दा बढी आम्दानी गर्दै आएकी छन् ।

‘परम्परागत तरिकाले विगतमा तरकारी खेती गर्दा आम्दानी एकदमै कम हुन्थ्यो । घर परिवार पाल्न एकदमै मुस्किल हुन्थ्यो’ उनले भनिन्,‘आधुनिक तरिकाले तरकारी खेती गरी बढी उत्पादन लिनका लागि तालिम पाए । तालिममा सिकेका कुरा व्यवहारमा उतार्न थाले ।

काठमाडौँ, २४ वैशाख । पछिल्लो समय सहकारी खोल्ने होडबाजी नै चलिरहेको छ । धेरै सहकारीले बचत संकलन गर्ने र कर्जा लगानी गर्ने काम मात्र गर्छन् भने उनीहरू सहर बजार केन्द्रित मात्र भएको पनि हामी देख्न सक्छौँ । अझ सहकारी अनुशासित भएनन्, ब्याज महँगो भयो, सहकारीको नाम र काम मिलेन, कालो बजारी गरेजस्ता गुनासो पनि धेरै आउने गरेका छन् । तर, केहि त्यस्ता सहकारी पनि छन्, जसले साना किसानको जीवनमा उकास्न उल्लेख्य भूमिका खेलेका छन् । 

त्यसमध्येको एक हो, नुवाकोटको बेलकोटगढी नगरपालिकामा रहेको ‘अपेक्षा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड’ । २०६९ सालमा स्थापित अपेक्षा सामाजिक उद्यमी महिला सहकारीले आयात प्रतिस्थापन, कृषि क्षेत्रमा रोजगारीको सिर्जना, कृषिमा आश्रित ठूलो जनसंख्याको जीवनस्तरमा सुधार ल्याइरहेको अपेक्षा सामाजिक उद्यमी महिला सहकारीकी अध्यक्ष शान्ति लामाले बताइन् ।

काठमाडौँ, २२ वैशाख । कुनै समय बिहानदेखि राती अबेरसम्म चुलो चौकामा मात्रै सीमित हुने महिलाहरू हिजोआज समाज परिवर्तनमा अगुवाको भूमिका निर्वाह गर्न थालेका छन् । चेतनाको कमीका कारण महिलाहरूपछि पर्ने मात्रै नभएर घरायसी कामधन्दामा उनीहरू सीमित हुँदै आएका थिए । तर, जब हेफर इन्टरनेशलन नेपालले गाउँ–गाउँमा ज्ञान/सिप र आर्थिक रूपमा अभिभावकत्वको भूमिका निर्वाह गर्न थाल्यो त्यहाँदेखि महिलाहरू पनि परिवर्तन हुन थाले । जसका कारण सामाजिक काममा अग्रसरता समेत उनीहरूले देखाउन थालेका छन् । 

यस्तै एउटा उदाहरण बनेको छ, बाग्लुङको जैमिनी नगरपालिका-३ दमेकमा रहेका ‘रुद्रताल सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड’ । पुरुषको मात्रै मुख ताक्ने परम्परा तोडेर महिलाहरूले सहकारी नै सञ्चालन गरिरहेका छन् । जुन सहकारी पुरुषले नेतृत्व गरेको अन्य प्रकृतिका सहकारी भन्दा भिन्न छ । आफ्नै आर्थिक हैसियत मात्र नभई नेपालको अर्थतन्त्रमा ठुलो योगदान पु¥याउँदै आएका छन् उनीहरूले ।

काठमाडौँ, २० वैशाख । ५/७ वर्ष अधिसम्म पर्वत फलेवास नगरपालिकाका किसानलाई दूध उत्पादन गरेर बिक्री गर्न बजारको समस्या थियो । गाउँमा कुनै डेरि थिएन भने कच्ची सडक हुँदा घरमै उपयोग गर्नुको विकल्प नै थिएन । बजार टाढा थियो । लामो बाटो बोकेर बजारसम्म पु¥याउँदा कहिले बाटो मै दूध पोखिन्थ्यो त कहिले भनेको समयमा दूध ढुवानी नहुँदा खेर जान्थ्यो । तर, जब हेफर इन्टरनेशनल नेपालले गाउँमै सहकारी स्थापना गरिदिएपछि गाउँलेको अवस्था फेरिएको छ । 

अहिले सहकारीले किसानको घर घरबाट दूध संकलन गरिरहेको छ । कुनै बेला उत्पादित बस्तुले बजार नपाउँदा पशुपालन एकदमै चुनौतीपूर्ण बनेको थियो । अहिले गाउँमा नै ‘हराभरा सामाजिक उद्यमी महिला सहकारी संस्था’ स्थापना भएसँगै बजारीकरणमा किसानहरूको लागि ठुलो योगदान पुगेको सहकारी व्यवस्थापक कालिदास चापागाईँले बताए ।

काठमाडौँ, १९ वैशाख । कुनै बेला गाउँमा कुनै समूह, सहकारी केहि थिएन । सामान्य घर खर्चका लागि पनि साहू महाजनकैमा पुग्नु पथ्र्यो । गाउँमा उत्पादन गरेको दूध बिक्री हुँदैन थियो । परिवार धान्न साहूसंग ऋण काढ्नु पथ्र्यो, कास्की माछापुच्छ्रे गाउँपालिका ४ का किसानहरूलाई । 

गाउँमा व्यावसायिक रूपमा पशु पालन नगरेपनि हरेकले २/४ वटा गाई/भैँसी पाल्ने गर्थे । उक्त गाई/भैँसीबाट दूध राम्रै उत्पादन हुन्थ्यो तर बिक्री गर्ने बजार हुँदैन थियो । दूधबाट चिया, मही, दही र घिउ मात्रै बन्थ्यो तर अहिले परिस्थिति बदलिएको छ । त्यहाँका किसानहरूले दूध बिक्रीबाट राम्रो आम्दानी लिन थालेका छन् ।

काठमाडौँ, १७ वैशाख । प्रायः सबै सहकारी बचत तथा ऋणमा मात्रै सीमित हुन्छन् । तर, केही यस्ता सहकारी पनि छन् जसले बचत तथा ऋणमा मात्र नभई कृषि क्षेत्रमा समेत काम गरिरहेका छन् । यस्ता सहकारीहरु विशेषगरि साना किसानहरूको सहारा बनिरहेका छन् । 

यस्तै, सहकारी मध्येको एक हो, बागलुङ कोठेखोला गाउँपालिका वडा नम्बर ४ का ‘सप्तरङ्गी सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड’ । यस सहकारीले  आफ्ना शेयर सदस्यहरूलाई आत्मनिर्भर बनाउने अभियान स्वरूप काम गरिरहेको छ । 

काठमाडौँ, १६ वैशाख । बर्दिया जिल्लाको गुलरिया नगरपालिका ४ की जीत कुमारी योगीले केही वर्ष अघि श्रीमान गुमाउँदा ४ छोरा र १ छोरीको स्याहार सुसारमा निकै कठिनाइ भोग्नु पर्‍यो । पढ्ने उमेरका छोराहरूलाई पठाउन नसक्ने हो की भन्ने चिन्ताले उनलाई पिरोल्न थाल्यो । श्रीमानको मृत्यु भइसकेपछि छोरा पढाउने मात्र नभई घर व्यवहार सबै चलाउने उनकै काँधमा आइपर्‍यो ।

छोरीलाई पढाउनु हुदैेन भन्ने समाजमा हुर्किएकी उनी स्कुल जान पाइनन् । जसले गर्दा शैक्षिक योग्यताको हिसाबले उनी प्रौढ पढी साक्षर मात्र छिन् । ‘पहिला चुला चौकामा मात्र सीमित भइयो । तर श्रीमान बितेपछि त मलाई धेरै समस्या भयो’ उनले ती तिता दिन सम्झँदै भनिन्,‘पहिलादेखि घरबाहिर हिड्डुल गर्ने मौका पाएको भए । त्यतिखेर सहज हुन्थ्यो होला तर घर भित्रको काममा मात्र सीमित भएर एक्कासि सबै काम मैमाथि थपिँदाको त्यो क्षण अहिले म सम्झन पनि चाहन्न ।’

काठमाडौँ, १३  वैशाख । मिहिनेत गरे गाउँमै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण दिन सफल बनेकी छन्, गुल्मी धुर्कोट गाउँपालिका २ कि नीरु घर्ती । 
बिहानीको झिसमिसे उजेलीसँगै झमक्कै साँझले उज्यालो नछोपुन्जेल बाख्राको स्याहारमै रमाइरहने घर्ती एक सफल व्यवसायीको रूपमा परिचय बनाउनसमेत सफल भएकी छन् । 

व्यवसाय सुरु गरेपछि विभिन्न समयमा समस्या भएपनि निरन्तरताले नै उनी सफल व्यवसायी बनेकी हुन् । उनको आम्दानीको स्रोत पशुपालन नै हो । पहिला पाडा पाडी ठुलो पार्दै बिक्री गरेर घर खर्च चलाउने उनी अहिले जमुना पारी जातको बाख्रा पालनबाट मनग्य आम्दानी गर्छिन् ।  पाडा पाडी ठुलो पार्दै बिक्री गर्दा घर परिवार चलाउन उनलाई मुस्किल हुन्थ्यो ।

छोरीलाई पढाउनु हुदैेन भन्ने समाजमा हुर्किएकी उनी स्कुल जान पाइनन् । जसले गर्दा शैक्षिक योग्यताको हिसाबले उनी प्रौढ पढी साक्षर मात्र छिन् । ‘पहिला चुला चौकामा मात्र सीमित भइयो । तर श्रीमान बितेपछि त मलाई धेरै समस्या भयो’ उनले ती तिता दिन सम्झँदै भनिन्,‘पहिलादेखि घरबाहिर हिड्डुल गर्ने मौका पाएको भए । त्यतिखेर सहज हुन्थ्यो होला तर घर भित्रको काममा मात्र सीमित भएर एक्कासि सबै काम मैमाथि थपिँदाको त्यो क्षण अहिले म सम्झन पनि चाहन्न ।’

काठमाडौँ, १२ वैशाख । नेपाली किसानले उत्पादन गरेको वस्तुको उचित मूल्य पाउनुु/नपाउनु कुनै नौलो कुरा हैन् । हरेक किसानले उत्पादन लागतभन्दा सस्तो मूल्यमा कृषि वस्तु बिक्री गर्न बाध्य छन् भने उपभोक्ताले महँगो मूल्य तिर्न । बिचौलियाकै कारण किसान कृषि क्षेत्रबाट नै पलायन हुनु पर्ने बाध्यता छर्लङ्ग छ । 

पाल्पा रिद्धिकोट गाउँपालिका ४ की पविता खाम्चा पनि बिचौलियाबाट बच्न सकिनन् । २०६० सालदेखि गाई/भैँसी पालन गर्दै आएकी उनले दैनिक एक पटकमा १५ लिटरसम्म दूध बिक्री गर्ने गरेकी छन् । २ माउ भैँसी र ४ वटा गाई पालन गरेकी उनको हाल दुई माउ भैँसी मात्र दुहुना छ । उनको आम्दानीको स्रोत गाई/भैँसी मात्र हो ।

काठमाडौँ, १० वैशाख । उमेरले ६२ वर्ष पुगिन्, सुर्खेत भेरीगंगा नगरपालिका वडा नम्बर ७ कि किमसरा खड्का । तर, उनको जोस जागर हेर्दा १७ वर्षे युवाकोभन्दा कम छैन । अहिले पनि ३६ जना आवद्ध ‘जीवन ज्योति समूह’ हाँक्छिन् उनी । हेफर इन्टरनेशनलको सहयोगमा गठित समूहको अध्यक्ष रहेकी किमसरा स्थानिय त्रिवेणी सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको सञ्चालक समिति सदस्य पनि हुन् ।

गाउँमा सबैले उनलाई ‘हाईहाई’ गर्छन् । तर, उनलाई यो स्थानसम्म ल्याएको श्रेष्य भने हेफर इन्टरनेशनललाई जान्छ । कुनै समय उनलाई एक छाक टार्न पनि धौंधौं थियो । ६ जनाको परिवार भएको उनको जीविकोपार्जनको मुख्य आधार कृषि हो । सामान्यतः खेतीपाती, गाईबस्तुबाट हुने आम्दानीले जसोतसो परिवार पाल्दै आएकी थिइन् । उनका श्रीमान् स्वास्थ्य चौकीमा निम्न आयस्तरको जागिर गर्छन् ।

काठमाडौँ, ९ वैशाख । नेपालमा कृषि गर्न चाहनेहरू धेरै छन् । तर, तिनलाई आवश्यक पर्ने मल, बीउ, सिँचाई, सहुलियतपूर्ण ऋणकासाथै बीमामा पारदर्शी नहुदा उनीहरूले चाहेजस्तोगरि कृषि गर्न सकिरहेका छैनन् ।

कसरी कृषि गर्न सकिन्छ ?, उत्पादन गरिएका वस्तुले मूल्य र बजार नपाउने जस्ता धेरै कारणहरूले गर्दा पनि कृषि क्षेत्रमा दिगो रूपमा टिक्न सकिरहेको पाइँदैन । समस्याहरू धेरै छन् । सँगसँगै राम्रो कामहरूको उदाहरण पनि धेरै छन् ।