Job Detail
-
Job ID 24460
Job Description
प्रस्ताव आव्हान
हेफर प्रोजेक्ट नेपाल संस्था दर्ता ऐन, २०३४ बमोजिम वि.सं. २०५३ सालमा जिल्ला प्रशासन कार्यालय ललितपुरमा दर्ता भई स्थापना भएको एक गैर सरकारी संस्था हो । संस्थाको न्युन आय भएका समुदायको जीवनस्तर सुधार गर्न तथा पर्यावरण संरक्षणका लागि विभिन्न समुदाय तथा संघ संस्थाहरूसंगको साझेदारीमा रोजगारी र आयमूलक कृषिमा आधारित दिगो विकासका कार्यक्रमहरूद्वारा जनसमुदायलाई लाभान्वित गराई खाद्य आपूर्तिमा आत्मनिर्भरता हासिल गर्न सहयोग पुर्याउने लक्ष्य रहेको छ ।
हेफर प्रोजेक्ट नेपालद्वारा प्रवद्वित स्वाबलम्बी महिला समुह /महिला उद्वमी /कृषि सहकारीहरूको कृषिजन्य वस्तुहरू बजारीकरणका लागि कृषि दुवानी साधन (Auto Rickshaw) ५० प्रतिशत लागत व्यहोर्ने गरी हेफरले सहयोग गर्ने हुँदा ईच्छुक आबेदनकर्ताहरुबाट निम्न बमोजिमको कागजात सहित प्रस्ताव आव्हान गरिन्छ ।
आवश्यक कागजातहरूः
१. स्वाबलम्बी महिला समुह /महिला उद्वमी /कृषि सहकारीहरूद्वारा ५० प्रतिशत लागत व्यहोर्ने तथा लिन चाहेको Auto Rickshaw को कम्पन्री / मोडेल सहित खुलाईएको संस्थागत निर्णय सहितको प्रस्ताव
२. दर्ता तथा नवीकरण कागजात
३. प्यान/भ्याट प्रमाणपत्र
४. Vendor Registration Form संलग्न ढाँचामा (DOWNLOAD FROM HERE)
५ . बैंक खाताको चेकको प्रतिलिपि
माथि उल्लेखित कागजातहरू Procurement-np@heifer.org ईमेल मार्फत प्रत्येक फाइल साइज ५०० KB भन्दा कम मिति २०७८ पुष २५ गते ५ बजेभित्र पठाउनु पर्नेछ ।
आवश्यक योग्यताहरूः
१. हेफरद्वारा प्रवद्वित स्वाबलम्बी महिला समुह /महिला उद्वमी /कृषि सहकारीहरू
२. कृषिजन्य वस्तुहरूको सामाजिक बजारीकरणको अनुभव
३. गाडीको लागत मूल्यको ५० प्रतिशत व्यहोर्न तयार भएको
