Job Detail
-
Job ID 56273
-
Offered Salary 0
Job Description
कार्यालय सामानहरुको स्क्र्याप बिक्री गर्ने सूचना !
प्रथम पटक प्रकाशन मितिः २०८३।०५।२२ गते
यस हेफर इन्टरनेशनल नेपाल (Heifer International Nepal) को केन्द्रीय कार्यालय हात्तिवन, ललितपुर, नेपालगन्ज क्षेत्रीय कार्यालय, बुटवल क्षेत्रीय कार्यालय, जनकपुर क्षेत्रीय कार्यालय तथा पोखरा क्षेत्रीय कार्यालयमा पुरानो अवस्थामा रहेको केही सामाग्रीहरु लिलाम बिक्री गर्नुपर्ने भएको हुँदा खरिद गर्न चाहने ईच्छुक व्यक्ति तथा संघ-संस्थाले आफ्नो गोप्य दरभाउ पत्र, यो सूचना प्रकाशित गरेको मितिले १० दिनभित्र संस्थाको केन्द्रीय कार्यालय हात्तिवन, ललितपुर, र सम्बन्धित क्षेत्रीय कार्यालयहरुमा पेश गर्न यस सूचना प्रकाशित गरिएको छ । बिक्री गर्ने सामाग्री र न्युनतम मूल्यसूची यस संस्थाको केन्द्रीय कार्यालय हात्तिवन, ललितपुर, नेपालगन्ज क्षेत्रीय कार्यालय, बुटवल क्षेत्रीय कार्यालय, जनकपुर क्षेत्रीय कार्यालय तथा पोखरा क्षेत्रीय कार्यालयबाट वा तल दिईएको लिंकबाट डाउनलोड गर्न सकिन्छ । लिलाम बिक्री गर्नुपर्ने सामानहरुको निरीक्षण गर्न चाहेमा यस संस्थाको सम्बन्धित कार्यालयहरु हात्तिवन, ललितपुर, बुटवल, जनकपुर, नेपालगन्ज र पोखरामा मिति २०८३ भाद्र २२ गते देखि २०८३ भाद्र ३१ गते सम्म समय दिउँसो ४ देखि ५ बजेभित्र सम्पर्क गर्न अनुरोध गरिन्छ ।
कृपया गोप्य दरभाउ आवेदन पत्र पेश गर्दा केन्द्रीय कार्यालय अन्तर्गतका लिलामीमा रहेको सामाग्रीहरुको लागि समूह “A”, समूह “B”, समूह “C”, र समूह “D” को पनि छुट्टा छुट्टै मूल्यसूची अनुसारको खामबन्दी गरी पेश गर्न अनुरोध गरिन्छ ।
मूल्यसूची प्राप्त गर्नको लागि निम्नानुसारको तल दिईएको लिंकबाट डाउनलोड गर्न सकिन्छः
- समूह “A” Laptop List: Download from here
- समूह “B” Electronics: Monitor, Projector, Photocopier, Printer List: Download from here
- समूह “C” Miscellaneous & Equipment List: Download from here
- समूह “D” Furnitures & Fixture List: Download from here
- नेपालगंज कार्यालयको स्क्र्याप List: Download from here
- बुटवल कार्यालयको स्क्र्याप List: Download from here
- जनकपुर कार्यालयको स्क्र्याप List: Download from here
- पोखरा कार्यालयको स्क्र्याप List: Download from here
