urgent

कृषि ढुवानी साधन सहयोग को लागि प्रस्ताव आव्हान

call @ in Call
  • Post Date : April 7, 2022
  • Apply Before : April 24, 2022
  • 0 Application(s)
  • View(s) 791
Email Job

Job Detail

  • Job ID 24901

Job Description

प्रस्ताव आव्हान

हेफर प्रोजेक्ट नेपाल संस्था दर्ता ऐन २०३४ बमोजिम २०५३ सालमा जिल्ला प्रशासन कार्यालय ललितपुरमा दर्ता भई स्थापना भएको एक गैर सरकारी संस्था हो । संस्थाको न्युन आय भएका समुदायको जीवनस्तर  सुधार गर्न तथा पर्यावरण सरक्षणका लागि बिभिन्न सघ संस्था तथा समुदायहरु सँगको साझेदारिमा रोजगारी र आयमुलक कृषिमा आधारित  दिगो बिकासका कार्यक्रमहरुद्वारा जन समुदायलाई लाभन्वित गराइ खाध्य आपुर्तीमा आत्म निर्भरता हसिल गर्न सहयोग पुराउने लक्ष्य राखेको छ ।

हेफर ले कार्यक्रम संचालन गरिरहेको क्षेत्रको सामाजिक उधमी वा कृषि सहकारीहरुको  कृषिजन्य बस्तुहरु बजारिकरण गर्नको लागि कृषि ढुवानी साधन (4 WD/2 WD Pickup, Mini Truck, Tractor) ५० प्रतिशत लागत ब्यहोर्ने गरी  हेफरले सहयोग  गर्ने हुँदा इच्छुक  सामाजिक उधमी वा कृषि सहकारी संस्थाहरु बाट निम्न बमोजिमको कागजातहरु सहित प्रस्ताव आव्हान गरिन्छ ।

आबश्यक कागजातहरु

१. सहकारीद्वारा ५० प्रतिशत लागत ब्यहोर्ने संस्थागत निर्णय सहितको प्रस्ताव

२. सहकारी दर्ता तथा नबिकरण कागजात

३. PAN/VAT Certificate

४. Tax Clearance Certificate FY 077/78

५. Vendor Registration Form (Download from Here)

६ . सहकारीको बैंक खाताको चेकको प्रतिलिपी

 

आबश्यक योग्यताहरु

१.  सामाजिक उधमी वा कृषि सहकारीहरु

२. कृषिजन्य बस्तुहरुको सामुहिक  बजारिकरणको अनुभव

३. कृषि ढुवानी साधनको  ५० प्रतिशत लागत ब्यहोर्ने तयार

 

माथि उल्लेखित आबश्यक कागजातहरु हेफर प्रोजेक्ट नेपालको ईमेल ठेगाना Procurement-np@heifer.org  मा मिति २०७९ बैशाख ११ गते ५ बजे भित्र पठाउनु पर्ने छ ।

Other jobs you may like