Job Detail
-
Job ID 29837
Job Description
सूचना प्रकाशन मिति २०८०।०५।२९ गते
यस हेफर प्रोजेक्ट नेपाल (Heifer Project Nepal) को कार्यालय हात्तिवन, ललितपुरमा काम नलाग्ने अवस्थामा रहेको केही सामाग्रीहरु लिलाम बिक्री गर्नुपर्ने भएको हुँदा खरिद गर्न चाहने ईच्छुक व्यक्ति तथा संघ-संस्थाले आफ्नो गोप्य दरभाउ पत्र, यो सूचना प्रकाशित गरेको मितिले ७ दिनभित्र कार्यालयको इमेल heifer.nepal@heifer.org वा कार्यालय हात्तिवन, ललितपुरमा पेश गर्न यस सूचना प्रकाशित गरिएको छ । बिक्री गर्ने सामाग्री र न्युनतम मूल्यसूची यस संस्थाको कार्यालय हात्तिवन, ललितपुरबाट प्राप्त गर्न वा यस कार्यालयको वेबसाईट https://heifenepal.org बाट डाउनलोड गर्न सकिन्छ । लिलाममा बिक्री गर्नुपर्ने सामानहरुको निरीक्षण गर्न चाहेमा यस संस्थाको सम्बन्धित कार्यालयहरु हात्तिवन, ललितपुरमा मिति २०८० भाद्र २९ गते देखि आश्विन ०४ गतेसम्म समय दिउँसो ४ देखि ५ बजेभित्र सम्पर्क गर्न अनुरोध गरिन्छ । कृपया गोप्य दरभाउ आवेदन पत्र पेश गर्दा यस कार्यालय अन्तर्गतका लिलामी रहेको सामाग्रीहरुको लागि समूह “A” र समूह “B” को पनि छुट्टा छुट्टै मूल्यसूची अनुसारको खामबन्दी गरी पेश गर्नुहोला ।
मूल्यसूचीको लागि निम्नानुसारको तल दिईएको लिंकबाट डाउनलोड गर्न सकिन्छः
- Laptop and Printer (Download from here)
