urgent

Request Proposal for Tractor

call @ in Call
  • Post Date : November 29, 2021
  • Apply Before : December 3, 2021
  • 0 Application(s)
  • View(s) 558
Email Job

Job Detail

  • Job ID 24356

Job Description

                                                                   प्रस्ताव आव्हान

हेफर प्रोजेक्ट नेपाल संस्था दर्ता ऐन, २०३४ बमोजिम वि.सं. २०५३ सालमा जिल्ला प्रशासन कार्यालय ललितपुरमा दर्ता भई स्थापना भएको एक गैर सरकारी संस्था हो । संस्थाको न्युन आय भएका समुदायको जीवनस्तर सुधार गर्न तथा पर्यावरण संरक्षणका लागि विभिन्न समुदाय तथा संघ संस्थाहरूसंगको साझेदारीमा रोजगारी र आयमूलक कृषिमा आधारित दिगो विकासका कार्यक्रमहरूद्वारा जनसमुदायलाई लाभान्वित गराई खाद्य आपूर्तिमा आत्मनिर्भरता हासिल गर्न सहयोग पुर्याउने लक्ष्य रहेको छ ।

हेफर प्रोजेक्ट नेपालद्वारा प्रवद्वित सामाजिक महिला उद्वमी वा कृषि सहकारीहरूको कृषिजन्य वस्तुहरू बजारीकरणका लागि Mahindra Yuvo 575 DI MS Tractor ५० प्रतिशत लागत व्यहोर्ने गरी हेफरले सहयोग गर्ने हुँदा ईच्छुक सहकारी संस्थाहरूबाट निम्न बमोजिमको कागजात सहित प्रस्ताव आव्हान गरिन्छ ।

आवश्यक कागजातहरूः
१. सहकारीद्वारा ५० प्रतिशत लागत व्यहोर्ने संस्थागत निर्णय सहितको प्रस्ताव
२. सहकारी दर्ता तथा नवीकरण कागजात
३. प्यान/भ्याट प्रमाणपत्र
४. Vendor Registration Form संलग्न ढाँचामा (DOWNLOAD FROM HERE)
५ . सहकारीको बैंक खाताको चेकको प्रतिलिपि

माथि उल्लेखित कागजातहरू Procurement-np@heifer.org ईमेल मार्फत प्रत्येक फाइल साइज ५०० KB भन्दा कम मिति २०७८ मंसिर १७ गते ५ बजेभित्र पठाउनु पर्नेछ ।

आवश्यक योग्यताहरूः
१. हेफरद्वारा प्रवद्वित सामाजिक महिला उद्वमी वा कृषि सहकारी
२. कृषिजन्य वस्तुहरूको सामाजिक बजारीकरणको अनुभव
३. गाडीको लागत मूल्यको ५० प्रतिशत व्यहोर्न तयार भएको सहकारी

Other jobs you may like